हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा एक शफ फेला परेको छ । गाउँपालिकाको वडा नंबर ८ को कालेश्वर सामुदायिक वन भित्र उक्त शव फेला परेको वडा अध्यक्ष ईन्द्र बहादुर स्याङतानले जनाकारी दिए । उनले वन भित्र अन्दाजी २५र३० वर्षको पुरुषको शव भेटिएको बताए । उनले भेटिएको शव स्थानीय नभएको बताए । यता जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले प्रहरी घटनास्थल पुग्दै गरेको जानकारी दिए । उनले शवको पहिचान नभईसकेको बताए ।








