हेटौँडा । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)मकवानपुरले हेटौँडामा बिरोध प्रदर्शन गरेको छ। र्यालीमा “असंवैधानिक कदम खारेज गर”, निरंकुश ओली सरकार मुर्दाबाद, बिर शहिद अमर रहुन्, रेशम चाैधरीलगायतका राजबन्दी रिहा गर जस्ता नारा लगाएका थिए।जसपाकाे पार्टी कार्यालय हेटाैँडाकाे हुप्रचाैरबाट निस्केकाे र्याली थाहा चाेक, शितल महल चोक,मेनराेड हुदै सिमाचाेक हुँदै बुद्ध चाेकमा आएर कोणसभामा परिणत भएकाे थियाे । सभालाई जसपा नेताहरु साेनाम सिं स्याङ्तान राजु नेपाल बिद्युत बज्राचार्य साेबिन थिङलगायतकाले सम्बोधन गरेका थिए। कार्यक्रममा प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।








