हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत आईतबार बृक्षारोपण कार्यक्रम गरिएको छ । संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको चौथो दिन आईतबार बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष रामहरी न्यौपानैको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि मेयर महतले हेटाँडा औद्योगिक क्षेत्र परिसरमा बृक्षारोपण गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि महतले हालको राजनैतिक अवस्था देखेर जनता निराश छाएको बताए । उनले देशमा भ्रष्ट्राचार न्युनिकरण गर्न जनप्रतिनिधी र नेता सच्चिनुपर्नेमा जोड दिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, हेटाँैडा औद्योगिक क्षेत्रका ब्यबस्थापक राजेन्द« कडेल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेल, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देबराज काफ्ले लगाएतकाको उपस्थिति रहेको थियो ।








