चितवन । नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समितिले कृषिमा विदेशी लगानी मान्य नहुने जनाएको छ । कृषिमा बैदेशिक लगानी खुल्ला गर्ने गरी सरकारले विधेयक ल्याउन लागेको भन्दै आत्मनिर्भरता तर्फ उन्मुख कृषि क्षेत्रलाई धरासायी बनाउने गरी विधेयक ल्याए त्यसको चर्को विरोध गर्ने जनाएको छ ।
संघले सोमवार एक विज्ञप्ती जारी गरी कृषिमा विदेशी लगानी खुल्ला गरे नेपालका लाखौं किसानहरु विस्तापित हुने अबस्था आउने जनाएको छ । संघका अध्यक्ष अम्विका प्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उक्त विधेयक जारी भए भर्खरै माछामा आत्मनिर्भर बन्दै गइरहेको मुलुकका किसानहरु निरास हुने जनाइएको छ । विदेशी लगानी भित्र्यो भने नेपालका माछापालक सहित अन्य किसानहरुले विदेशीहरुको लगानीसंग प्रतिस्पर्धा गर्न नसक्ने र नेपालको कृषि क्षेत्र जोखिममा पर्ने विज्ञप्तीमा उल्लेख छ ।
नेपालका किसानहरुको परिश्रम,लगानी र उत्पादनमा भएको प्रगति रक्षाका लागि बैदेशिक लगानी रोक्नु पर्ने भन्दै संघले बैदेशिक लगानी आमा किसान र मुलुककै लागि प्रतिउत्पादक हुने संघले जनाएको छ । कृषि क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्नु यहाँका किसानहरुलाई केही नगर भन्नु हो महासंघका महासचिव जोगेन्द्र महतोले भने सरकारले यसलाई रोक्नु पर्छ ।
बैदेशिक लगानीलाई प्रोत्सहान हुने गरी जारी हुन लागेको विधेयक रोक्न माग गर्दै संघले जबरजस्ती जारी गरिए सरकारको निर्णन नमान्न बाध्य हुने जनाएको छ ।








