चितवन । गीतानगर फिडरमा आज (बुधबार) बिहान ९ देखि दिउसो १ बजे सम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । चनौली वितरण केन्द्र बाट वितरित गीतानगर फिडरमा सघन शहरि बिकास तथा भवन निमार्ण आयोजनाको बाटो बिस्तार कार्यक्रम अन्तर्गत बिधुतिय संरचना स्थानान्तरण गर्ने कार्य भएकोले आज बिहान ९ बजे देखि दिउसो ४ बजे सम्म जगतपुर बजार क्षेत्र,बिरेन्द्रनगर टाउन,मदीपुरी ७ नम्बर क्षेत्रमा लाइन अबरुद्ध हुने भएको छ ।
साथै जम्पर मिलाउने कार्यको लागि मेघौली फिडरमा पनि केहि समय विद्युत आपूर्ति बन्द हुने भएको छ । कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र चनौलीले जनाएको छ ।








