चितवन । संसद पुर्नस्थापनाको माग गर्दै माडीमा प्रचण्ड–माधव निकट अनेरास्ववियूले चक्काजाम गरेको छ । असंवैधानिक संसद विघटनका विरुद्ध र संसद पुर्नस्थापनाको माग गर्दै अनेरास्ववियूले बुधबार माडीको बसन्तपुर बजार चोकमा चक्काजाम गरेको हो ।
विहान ८ः३० बजेदेखि ९ः१५ बजेसम्म टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरिएको विद्यार्थी नेता मिलन पनेरुले जानकारी दिए । उनीहरुले ओली सरकारविरुद्ध नाराबाजी गरेका थिए । यस्तै विद्यार्थीहरुले सिठ्ठी जुलुस समेत निकालेका छन् ।
प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले देशैभर सरकारविरुद्ध चरण बन्द आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ । सोही अनुरुप आजबाट प्रदर्शन सुरु भएको हो ।








