चितवन । चनौली फिडरका केहि स्थानमा बिहिबार बिहान ११ देखि दिउसो ४ बजे सम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । चनौली बितरण केन्द्र बाट बितरित चनौली बाट दद्रेनि तर्फ गएको ११ के.भि लाइन अपग्रेट गर्नु पर्ने भएकोले अन्नर्पुण चोक देखि दद्रेनि एरियाका स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ । कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने नेपाल विद्युत प्राधिकरण चनौली बितरण केन्द्र चनौलीले जनाएको छ ।








