चितवन । चितवनमा क्रियाशिल २ वटा लायन्स क्लबहरुले आज एक कार्यक्रमका बीच श्री आधारभुत बिद्यालय मोहनपुरमा अध्ययनरत बिद्यार्थीलाई स्वीटर बितरण गरेका छन् । बिभिन्न सामाजिक तथा मानबिय कार्य गर्दै आएका लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि र लायन्स क्लब अफ चितवन चौतारीले बिद्यालयमा अध्ययनरत १०० जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गरेका हुन् । आज रु ५० हजार रुपैया बराबरको स्वीटर बितरण गरिएको कार्यक्रम संयोजक डा शुसिल अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका भरतपुर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष अमृतराज हमाल हुनुहुन्थ्यो । वहाँले न्यून आय अएका अभिभावकका नानी बाबुहरु अध्ययन गर्ने बिद्यनलयलाई छनोट गरी सहयोग गरेकोमो लायनहरुलाई धन्यवाद ब्यक्त गर्दै लायनहरुसँग अरु धेरै कार्यक्रम गर्न आफु ईच्छुक रहेको बताउनुभयो । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले स्थानिय सरकारसँग मिलेर आफुहरुले काम गर्ने बताउनुभयो ।
वहाँले स्थानिय स्तरबाट आवश्यकताको छनोट भएर आएको कामले परिणाम दिने भएकाले यस्ता काम गर्न पाउदा लायनहरुले गौरवको महसुस गर्ने बताउनुभयो । कार्यक्रममा लायन्सका डिष्ट्रिक डिपाटमेन्ट चिफहरु भक्तीप्रसाद चालिसे, भरत अधिकारी, एरिया नं ३ का चिफ एरिया को–अडिनेटर प्रभाकर पण्डित, एरिया नं ३ का एरिया सचिब पूर्णप्रसाद शर्मा, जोन चियर पर्सन बिनोद पन्त, लायन्स क्लब अफ चितवन चौतरीका अध्यक्ष डा. गंगा सापकोटाको उपस्थित थियो । त्यस्तैगरी श्री आधारभरत बिद्यालय मोहपुरका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा.कृष्णप्रसाद वली, निवर्तमान अध्यक्ष सुरबिर पोखरेल,पुर्व अध्यक्ष तील कुमारी गौतम, बिद्यालयका प्र.अ. ईश्वरीप्रसाद दवाडी, शिक्षक अभिभावक संघका अध्यक्ष तुल बहादुर हमाल लगायतको दुबै लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका अध्यक्ष डा. भावना वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो । आजै लायन्स क्लब आफ नारायणगढ नारायणीले सोही बिद्यालयमा अध्ययन गर्ने ५ जना बिद्यार्थीका छात्रबृति स्वारुप लागि रु २० हजार प्रदान गरेको छ । त्यस्तै लायन रजनी मास्केले आफ्नो जन्मदिनको उपलक्ष्यमा बिद्यालयको अक्षय कोषमा रहनेगरी रु ६ हजार ५ सय रुपैया बिद्यालय ब्यावस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । आज भन्दा ५२ बर्ष अगाडी स्थापना भएको बिद्यालयले आज बिबिध कार्यक्रम गरी आफ्नो ५३ औं स्थापना दिबस मनाएको छ ।








