चितवन । २९९ औं पृथ्वी जयन्तीको अबसर पारेर चितवनमा बिशेष कार्यक्रम गर्ने तयारि भएको छ । शाही शक्ति नेपाल चितवनको आयोजनामा आगामी पौष २७ गते भरतपुर मा पैदल र्यालि सहितको कार्यक्रम हुन लागेको हो । २ सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आयोजित सो कार्यक्रम बिहान ११ बजेदेखि पैदल र्यालि सुरु गरि दिउँसो २ बजे चौबिस कोठीमा कोण सभा गर्ने र साँझ ५ बजे द्विप प्रज्वलन गर्ने तय भएको आयोजकले बताएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत विशिष्ठ व्यत्तित्व हरुको सहभागिता रहने कार्यक्रम संयोजक सुनिलकुमार क्षेत्री ले बताउनुभयो । साथै क्षेत्रिले कार्यक्रममा सहभागिता जनाउन इच्छुक सम्पूर्णले सर्वसाधारणहरुमा कार्यक्रम सुरु हुनु पुर्व चौबिसकोटीमा भेला हुन पनि आग्रह गर्नुभएको छ ।








