हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको लागू औषध गाँजा र अफिम खेती नषट गरेको छ ।
प्रहरीले राक्सिराङ गाउँपालिको विभन्न स्थानमा ५० बिगाह क्षेत्रमा लगाईएको लागू औषध गाँजा र ५ बिगाहा क्षेत्रमा लगाईएको अफिम खेती फडानी गरेको हो ।
गाउँपालिकाको वडा नंबर २ को माङ्सिराङ, चनौडा, सुनारीसौरा,वडा नंबर ३ को गोठरी, भाटीबेसी र वडा नंबर ५ को पंजनीमा लगाईएको गाँजा खेती र अफिम फडानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।









