काठमाडौँ । म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीलाई १-० ले पराजित गर्दै युनाईटेटले शीर्ष स्थानमा स्थान बनाउन सफल भएको हो ।
बर्नलीको मैदानमा पाउल पोग्बाले गरेको एकमात्र गोल नै युनाइटेडको जितका लागि पर्याप्त बन्यो । खेलको ७१औं मिनेटमा पोग्वाले कप्तान ह्यारी मिगुएरको पासमा गोल गरेका थिए । जितसँगै युनाइटेडले शिर्ष स्थानमा ३ अंकको अग्रतचा लिएको छ ।
युनाइटेडको १७ खेलमा ३६ अंक जोडेको छ । भने दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ३३ अंक छ । पराजित बर्नली १६ अंकसहित १६ औं स्थानमा छ ।








