नवलपुर । नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । कृषि कार्यका लागि तनहँु कृषि ज्ञान केन्द्रबाट सेवा लिइ रहेका यहाका कृषकहरु अब जिल्लाबाटै सेवा लिन पाउने भएका छन् । मुुलुक संघियतामा गए पछि जिल्ला विभाजन भए पश्चात नवलपरासी वर्दघाट सुस्तापूर्व र पश्चीम विभाज भए पछि कृषि ज्ञान सम्पर्क इकाइबाट सेवा लिइ रहेका कृषकहरुले भने अहिले जिल्लाबाटै सेवा लिन पाएका हुन ।
गण्ड्की प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द« स्थापना गर्ने अवधारण अनुरुप पौष १२ गतेदेखि नवलपुर जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना गरिएको हो । कृषि सम्बन्धि आवश्यक ज्ञान, तालिम,र बिभिन्न अनुदानका कार्यक्रमका लागि तनहुँ पुग्नुपर्ने समस्या अनि किसानको बाध्यता हटेको छ । यसअघि गण्ड्की प्रदेश सरकारले प्रदेशका ६ वटा जिल्लामा मात्रै कृषि ज्ञान केन्द्र सञ्चालन हुदाँ नवलपुर जिल्लाबासी तनहुँ नै पुग्नुपर्ने बाध्यता रहेको थियो ।
तर जिल्लामा नै ज्ञान केन्द स्थापनापछि यहाँका कृषकले प्रत्यक्षरुपमा कार्यलयबाट सेवासुविधा पाउने कृषि ज्ञान केन्द नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । बिभिन्न अनुदानका सुचना प्रकाशित र निवदेनहरुको मुल्याङकन तनहुँ जिल्लाबाटै भईसकेकाले नवलपुर जिल्लाबाट ६ महिना को समय अन्तरालमासम्म बिभिन्न अनुदानका कृयाकलापलाई कार्वान्वयन गरिने प्रमुख लामिछानेको भनाई छ । नवलपुर जिल्ला बिशेषत नगदे बाली ,खाद्यान्नबालीका लागि उपयुक्त क्षेत्रका रुपमा समेत लिने गरिन्छ ।








