चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोर इलाकाबाट सालको काठ तस्करी गरेको कसुरमा भरतपुर–२४ का २७ बर्षीय सन्तोष विक जेल चलान भएका छन् । निकुञ्जमा मुद्धा दर्ता भएपछि ६ बर्षदेखि फरार रहँदै आएका विकलाई निकुञ्जले पुष २२ गते पक्राउ गरेको थियो । आवश्यक सनाखत र कोभिड–१९ परिक्षणपछि हिजो भरतपुर कारागार पठाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।
निज विक निकुञ्जको कोर ईलाका सुखिभार क्षेत्रमा विंस। २०७० साल असारमा सालको काठ तस्करी कार्यमा प्रत्यक्ष संलग्न रहेको मुद्धा २०७० भदौ ४ गते निकुञ्जमा दायर भएको थियो । सो मुद्धाको फैसाला २०७१ साउन २२ गते भएको थियो । निजलाई २ वर्ष कैद र ८ हजार जरिवाना सुनाईएको थियो ।








