काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रदेश-१ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो । एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश-१ १ सय ८ रनमै समेटियो । प्रदेश-१ का मनिस थापाले १८ रन जोड्दा फिर्दोस अन्सारीले १७ रन जोडे ।
दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए । यस्तै, जोसाक खड्काले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । प्रदेश-१ लाई सस्तैमा समेट्न एपीएफका अविनास बोहराले ५ विकेट लिए । यस्तै, वसन्त रेग्मीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको एपीएफले २ सय ४३ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए ।
कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९र१९ रन जोडे । सुमित महर्जन १४ रनमा आउट भए । प्रदेश-१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए ।








