काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णालीलाई २ सय ५ रनको मध्यम लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी ४२.३ ओभरमा २ सय ४ रनमा अल आउट भयो । गण्डकीका मध्यक्रमका ब्याट्सम्यान राहुल शर्मा उपाध्यायले सर्वाधिक ५३ रनको योगदान दिए ।
त्यस्तै युवा ब्याट्सम्यान अर्जुन कुमालले १ सय ६ बलमा ६ चौका सहित ४६ रनको योगदान दिए । राहुल उपाध्यायको अर्धशतकप्रेरित गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई २०५ रनको विजय लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर २०४ रनका योगफल तयार गरेको हो । गण्कीका लागि ६४ बलको सामना गरेका राहुलले ६ चौका र तीन छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले ।
त्यस्तै, ओपतर अर्जुन कुमालले १०६ बलमा ६ चौकासहित ४६ रन बनाएर पेभेलियन फर्किँदा कप्तान बिपिन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रनको योगदान गरे । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् भने मिलन लुइटेल १ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ६.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अनुज चुनरा र दिवान पुनले २/२ विकेट लिँदा रबिन्द्र शाहीको नाममा १ विकेट रह्यो ।
पहिलो खेलमा प्रदेश १ लाई २ विकेटले जितेको गण्डकीले दोस्रो खेमा त्रिवुभन आर्मी क्लबसँग् ९८ रनको पराजय भोगेको थियो । त्यस्तै, पहिलो खेलमा आर्मीसँग ८० रनको पराजय बेहोरेको कर्णालीको यो दोस्रो खेल हो । अर्जुन कर्णालीका कप्तान रविन्द्रजंग शाहीको बलमा कटविहाइन्ड हुँदै विकेटकिपर विपिन रावलबाट समातिन पुगेपछि राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गर्न चुकेका थिए । दीनेश बुढामगर १०, सुवास भण्डारी र बिशाल पौडेल १५ रनमा आउट भए । कप्तान विपिन खत्री ३४ बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा क्याच आउट भए ।
कप्तान रविन्द्रजंग शाहीले १० ओभरमा २ मेडन सहित ३८ रन खर्चेर १ विकेट लिए । दीनेश अधिकारीले ६.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अनुज चुनारा ७ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए ।








