चितवन । नेपाली काँग्रेस चितवनले केपी ओली नेतृत्वको सरकार विरुद्धको प्रदर्शनका लागि सबै वडामा प्रतिनिधि तोकेको छ । माघ ८ गते हुने वडा स्तरीय प्रदर्शनका लागि काँग्रेस चितवनले ९८ वटै वडामा प्रतिनिधि तोकेको हो ।
आज (मंगलबार) बसेको जिल्ला कार्यसमिति वैठकले चितवनमा ९८ वडाका लागि ९८ जना प्रतिनिध तोकेको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । वैठकले सबै वडालाई संसद विघटन जस्तो असंबैधानीक र अलोकतान्त्रीक कदमविरुद्ध हुने प्रदर्शनको तयारीमा जुट्न अपिल समेत गरेको छ । सबै वडाले आ(आफ्नै समयमा प्रदर्शन गर्ने काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
प्रदर्शनका लागि पार्टीका सबै तहलाई जानकारी गराईएको र तयारीमा जुट्न भातृ संस्था, शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिइएको उनले बताए । संसद विघटनविरुद्ध काँग्रेसले चरणवद्ध आन्दोलन गरिरहेको छ ।








