• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम, तोकिएको मितिभित्रै सम्पन्न गर्न प्रमुख रेनु दाहालको निर्देशन

  •   बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरको गौरवको आयोजनामध्ये सिटी हल पनि प्रमुख आयोजना हो । यतिबेला सिटी हल निर्माणको काम रातदिन धमाधम भइरहेको छ । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजनाले मूर्त रुप पाउँदै गइरहेको छ । महानगर प्रमुख रेनु दाहालले आज सिटी हल निर्माणको कामको निरीक्षण गरिन् । निरीक्षणको क्रममा तोकिएको समयभित्रै सिटी हल निर्माण सम्पन्न गर्न प्रमुख दाहालले निर्देशन दिएकी थिइन् ।

    भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि  ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको छ । २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीले यतिबेला रातदिन काम गरिरहेको छ ।

    महानगर प्रमुख दाहालले लामो प्रतीक्षापछि तीव्रगतिमा निर्माणको काम भइरहँदा ज्यादै खसी लागेको बताइन् । उनले आफ्नै कार्यकालभित्र महानगरको सिटी हल निर्माणको काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिन् । उनले भनिन्, ‘धमाधम निर्माणको काम भइरहेको छ, निर्माणमा कुनै समस्या हामी आउन दिदैनौँ ।’ प्रमुख दाहालले आफ्नो कार्यकालको गौरवको आयोजनाभित्र रहेको सिटी हल निर्माणको काम समयअगावै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएकी थिइन् ।

    उनले भनिन्, ‘तीन वर्षको प्रतीक्षापछि बन्न लागेको सिटी हल जुनकुनै हालतमा बनाउनु नै छ, कुनै निर्माणको क्रममा कुनै समस्या आए महानगरलाई भन्नुहोला, तर निर्माणको काम एकदिन पनि रोकिनुहुँदैन ।’ प्रमुख दाहालले सिटी हल निर्माणको गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने बताइन् । उनले भनिन्, ‘तोकिएअनुसार गुणस्तर कायम हुनुपर्छ, बेलाबेलामा हामी अनगुमन गर्नेछौँ, समयमै सकिनेमा म पूर्ण विश्वस्त पनि छु ।’

    सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबीच ०७७ मंसिर १८ गते इण्डो–सगुन–रौताहा जेभीसँग निर्माणको सम्झौता भएको हो । सिटी हल निर्माणको कार्य धमाधम भइरहेको इण्डो–सगुन–रौताहा जेभीका प्रमुख सहदेव खड्काले बताए । उनले भने, ‘हामीले १२० भन्दा बढी निर्माणका कर्मचारी राखेर काम गरिरहेका छौँ, तोकिएको समय २७ महिना हो, त्योभन्दा अगावै हामी निर्माण सम्पन्न गर्नेछौँ ।’

    सिटी हल निर्माण गर्न यस आर्थिक वर्ष ०७७्७८ को लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सिटी हलको अहिले सोलिङ र इस्काभेसनको काम भइरहेको निर्माण पक्षले जनाएको छ । कामगर्ने क्रममा कुनै अवरोध नआए समयअगावै काम सकिने निर्माण व्यवसायी खड्काले बताए । उनका अनुसार निर्माणस्थलभित्रै रेडिमिक्स प्लान्ट नै राखेर काम भइरहेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ ।  केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो ।
    सात हजार १०० क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ  । जहाँ  २ हजार जना अटाउने क्षमता रहनेछ । छेउछाउँमा पनि २०० जना क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ । अन्तर्राष्ट्रियस्तरको बन्ने भनिएको आधुनिक सिटी हल दुई हजार जना मानिस अट्न सक्ने क्षमताको हुने सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए ।

    उनका अनुसार सिटी हलमा एउटा ठूलो हल हुन्छ, त्यसमा दुई हजार जना अट्न सक्छन् । अर्को एउटा सानो हल पनि हुन्छ । त्यसमा तीन सय जनासम्म अट्छन् । साथमा सानदारका किचन, भण्डारण लगायतका कक्षहरु हुनेछन् । एक बिघामा सिटी हल बन्नेछ । सिटी हलमा पर्याप्त पार्किङको व्यवस्था हुनेछ ।  ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ । तीन वर्षको लामो प्रतिक्षापछि सिटी हल निर्माणले गति पाएको छ । भरतपुर महानगरको सिटी हल अन्तर्राष्ट्रिय स्तरको नमुना बन्नेछ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.