नवलपुर । नवलपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । एक जनाले एउटाभन्दा बढी परिचयपत्र बोक्नु नपरोस् भनेर गत असारदेखि राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक पहिचान) वितरण सुरु गरिएको थियो। परिचयपत्र वितरण सुरु भएको करिव ७ महिना पछि नवलपुरका विभिन्न स्थानियतहरुमा परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । जिल्लाको गैडाकोटबाट अहिले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । गैडाकोटबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यमा स्थानियहरुको सभागिता उत्साह जनक रहेको देखिएको छ ।
राट्रिय परिचयपत्र लिनुका फाइदा र यो परिचयपत्र प्रदान गर्नुको कारण बारे स्थानियतहरुमा स्थायिहरुलाई जानकारी गराए परिचयपत्र वितरण कार्य सुरु गरिए संगै स्थानियहरु चासोका साथ परिचयपत्र लिन आएका छन । गैडाकोटका वडा नम्बर पाचँका स्थानियहरुले पनि राष्ट्रिय परिचयपत्रले नेपाली नागरिक प्रमाण संगै एक जनाले एउटाभन्दा बढी परिचयपत्र बोक्नु पर्ने झन्झट नहुने भन्दै टोलमै राष्ट्रिय परिचयपत्र वितरण गरेकोमा आफु उत्साहित भएको बताउछन ।
उनिहरुमात्र होइन अहिले जिल्लाका सबै स्थानियहरु राष्ट्रिय परिचयपत्र कहिले वडामा आउने र कहिले बनाउन पाइएला भन्ने पर्खामा रहेका छन । नवलपुरका आठ स्थानियतहरुका प्रत्येक पालिकाहरुले परिचयपत्र वितरण सहज होस भन्नका निमित्त पालिका स्तरमै जनशक्ति बनाइ वितरणको काम गरेको र यसमा स्थानियहरु पनि उत्साह साथ परिचयपत्र बनाउन आएको गैडाकोट नगरपालिकाकी कार्यपालिका सदस्य कुमारी रेखा पौडेल बताउनुहुन्छ ।
१५ जिल्लामा पहिलो चरणको पाइलट कार्यक्रमका रुपमा सरकारले वितरण सुरु गरेको र त्यस लगत्तै नवलपुरमा पनि सुरु गरिएको हो । राष्ट्रिय परिचयपत्र लिनबाट कोहि नछुटुन भन्ने उद्देश्यले जिल्लाका सबै पालिकाहरुले मिति तय गरि राष्ट्रिय परिचयपत्र वितरण गरि रहेका छन ।








