• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरमा उद्योग ग्राम निर्माण थालियो

  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २० भिमनगरमा प्रदेश स्तरको उद्योग ग्राम निर्माण सुरु गरिएको छ । तीन वर्षमा रु १९ करोड खर्च गरेर साना, लघु र मझौला उद्योग रहने गरि उद्योग ग्राम निर्माण थालिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साना, लघु र मझौला उद्योग रहने गरि संरचना निर्माण गरिने जानकारी दिनुभयो । यहाँ छरिएर रहेका उद्योगलाई एकै ठाउँमा व्यवस्थित संञ्चालनका लागि उद्योग ग्राम उपयोगी हुने उहाँले जानकारी दिनुभयो । यस वर्ष पर्खालको काम गरिदैं छ ।

    चार बिगाह १० कठ्ठा जमिनमा साना उद्योगका लागि आबश्यक पर्ने सम्पूर्ण संरचना निर्माण गरिने उहाँले जानकारी दिनुभयो । आउँदो वर्षबाट संरचना निर्माणको काम थालिने छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयले निर्माण पछि व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकालाई दिदै छ । दाहालले भन्नुभयो “हामी सबैको प्रयासका कारण महानगरपालिकामा यो परियोजना थालिएको हो ।” व्यवस्थित उद्योग ग्राम महानगरपालिकामा हुँदा उद्योगीहरु लाभान्बित हुने उहाँको भनाई छ ।

    घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख यादवनाथ आचार्यका अनुसार यस आर्थिक वर्षमा पर्खालको कामका लागि रु १ करोड ८ लाख ५५ हजारमा वलदेव विल्डर्सले वोलपत्र सकार गरेको हो । ४३ दशमलब १० प्रतिशत कम रकममा ठेक्का कवोल गरिएको हो । आचार्यले साना उद्योगका लागि बागमती प्रदेशमानै व्यवस्थित उद्योगग्राम यहाँ वन्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले तयारी गरेर महानगरलाई व्यवस्थापनका लागि हस्तान्तरण गर्ने छौं ।”

    यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले समेत यहाँ उद्योग ग्राम वनाउन चासो दिएका कारण कामले मूर्तरुप लिएको आचार्यको भनाई छ । उद्योग ग्रामका लागि महानगरपालिकाले जग्गा उपलव्ध गराएको थियो । जिल्लामा १३ हजार भन्दा वढि साना उद्योग दर्ता भएका छन् । छरिएर रहेका उद्योगहरुलाई व्यवस्थित र एकै ठाउँमा संञ्चालन गर्न उद्योगग्राम सहयोगी हुने छ । आचार्यले भन्नुभयो “उद्यमशिल भएर पनि वजेटको अभाव भएकालाई यो निकै उपयोगी हुने छ ।”

    उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल साना उद्योगहरु यसबाट लाभान्बित हुने बताउनुहुन्छ । फर्निचर, वल्डीङ्ग, मसला, व्लक जस्ता उद्योगहरुलाई बिद्युत आपूर्ती, प्रदुशण लगाएतका समस्याबाट मुक्ती पाउने उहाँको भनाई छ । जिल्लाकै कालिका नगरपालिका वडा नम्बर ७ मा शक्तिखोर औद्योगीक क्षेत्र वन्दै छ ।

    १ हजार ७ सय ४१ विगाहमा औद्योगीक क्षेत्र वन्न लागेको हो । यता भरतपुर महानगरपालिका वडा नम्बर २२ मा घरेलु तथा साना उद्योग प्रदर्शनी कक्ष निर्माण थालिएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.