• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

प्रचण्डको गृह चितवनमा ओलीको गर्जनः प्रचण्ड कुहियको आलु

  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कुहियको आलुको संज्ञा दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुहियको आलु भएको संज्ञा दिनुभएको हो । उहाँले भन्नुभयो “निर्वाचनमा यही आएर मत मागियो । माडीलाई मणि वनाउँछु भनियो तर मत मागेर जिताएको मान्छे कुहीएको आलु परेछ । खोज्दै हइरान ।”

    अहिले पार्टी बिभाजन नभएर पिलो आँफै फुटेर आँखो गएको उहाँका भनाई थियो । उहाँले भन्नुभयो “पिलो आँफै फुटेर आँखो गएको छ । अब पार्टी अझै वलियो र सुदृढ हुन्छ ।” प्रधानमन्त्री ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनु भएको छ । उहाँले घोषित मिति तलमाथि नपर्ने जिकिर गर्नुभयो । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उहाँले भन्नुभयो “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याणका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिंदै गरुन् ।”

    उहाँले जोड दिंदै भन्नुभयो “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईहरु ढुक्क रहनुहोस् ।” अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “चुनावमा साईनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अत्यै जोडिएकाहरुलाई अब चुनावमा छान्न नहुने उहाँको भनाई थियो ।

    देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उहाँले भन्नुभयो “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल हत्कडी लगाएर गोलघरमा थुन्दा घुँदा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाईन्छ ।” नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौं, आत्मविश्वासका साथ देश विकास गर्ने महान अभियानमा जुटेका छौं ।”

    माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उहाँले भन्नुभयो “रामको भव्य प्रतिमूर्ति तयार भईसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।” अर्काे सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढंगले प्राणप्रतिष्ठा गर्ने उहाँले बताउनुभयो । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, सांस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने ओलीको भनाई छ । उहाँले भन्नुभयो “यो पर्यटकीय स्थल बन्नेछ । धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।”

    नवलपरासीको दाउन्नेदेखि मकवानपुरसम्मको ४ हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रुपमा विकास गरिने उहाँले जानकारी दिनुभयो । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उहाँको भनाई छ । उहाँले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताउनुभयो । नेकपा नफुटेको भन्दै उहाँले केही मान्छे बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी शुद्धिकरणको आवश्यकता थियो, अब पार्टी एक जुट भएर अघि बढ्छ ।” देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उहाँले भन्नुभयो “देशको विकास तीब्र गतिले अघि बढेको छ ।”

    विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड १९ विरुद्धको खोप नेपालमा शुरु भईसकेको उहाँले बताउनुभयो । अग्रपंक्तिमा रहेकाहरुलाई अहिले खोप लगाईएको बताउँदै उहाँले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाईसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सम्पूर्ण जनतालाई खोप लगाईसकेर कोभिड १९ लाई देशबाट भगाउछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।” कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद विघटन संवैधानिक कम भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाई जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।” उहाँले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताउनुभयो । पार्टीले अहिले शुद्धिकरण अभियान अघि बढाएको भन्दै उहाँले पार्टीभित्र अवसरवाद, विकृति विरुद्धको शुद्धिकरण भईरहेको बताउनुभयो । आम नागरिक राष्ट्रिय एकताको पक्षमा भईरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उहाँको भनाई थियो । उहाँले उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौं भन्नुभयो । उहाँले भन्नुभयो “स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौं ।”

    पार्टी छोडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भन्नुभयो “आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।” बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको भन्दै भन्नुभयो “यो सरकारले विकास मात्रै ग¥यो, लुटतन्त्र र भ्रष्टाचार गरेन, हामी कहिल्यै चुकेनौं ।” समृद्धि नेपाल सुखी नेपालीका लागि प्रधानमन्त्रीलागिरहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलको रुपमा विकास गर्ने बताउनुभयो । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उहाँले नेपालको समृद्धिको यात्रामा पनि यसलाई मोडेको रुपमा अगाडि बढाउने बताउनुभयो । उहाँले चितवनका नेता भनेर चिनिनेहरुले चितवनको छवि धमिल्याउन खोजेको भन्दै भन्नुभयो “यहाँका जनताले त्यो गर्न दिने छैनन् ।” उहाँले चितवनको धर्तीबाट देश र दुनियालाई भ्रमित पार्ने कोशिस भएको भन्दै भन्नुभयो “त्यस्तालाई तपाईहरुले जवाफ दिनुपर्छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समृद्धि नेपाल सुखी नेपालीको अभियान शुरु भईसकेको बताउँदै भन्नुभयो “देश विकासका लागि ठूलाठूला योजना शुरु गरिएको छ ।”

    चितवनको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै आजै मात्रै पुल्चोक–गोन्द्राङ ६ लेन सडक र सिटीहल शिलन्यास भएको बताउनुभयो । उहाँले चितवनमा भरतपुर महानगरभित्र रिङरोड, चौबीसकोठी–गोलाघाट सहायक राजमार्ग, हुलाकी सडक र पुलहरु बन्दै गरेको बताउनुभयो । देशमा प्रतिदिन दुई किलोमिटर नयाँ सडक बनिरहेको भन्दै उहाँले भन्नुभयो “देशभर १० वटा सिक्नेचर पुल बन्न लागेको छ, त्यसमध्ये एउटा यही नारायणीमा बन्छ ।”

    सो अवसरमा नेकपा बागमती प्रदेश कमिटी अध्यक्ष एवं पूर्व मन्त्री आनन्द पोखरेल, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, नेकपा प्रदेश कमिटी सदस्य प्रकाश खनाल शैलेस, नेकपा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.