मुग्लिन । पृथ्वी राजमार्ग अन्तरगतको मुग्लिन-नौबिसे सडक रातभर अवरुद्ध भएको छ। यस राजमार्ग अनतर्गत धादिङको वेनीघाट रोराङ १० मौवाखोलामा ट्रक बिग्रिएपछि गएराती १२ बजे देखि सडक अवरुद्ध भएको हो।
सडकमै ट्रक बिग्रिएर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । चालकको लापरबाही र ट्राफिक व्यावस्थापनको कमजोरीका कारण सडक सुचारु हुन नसकेको हो ।








