नवलपुर । कावासोती वडा नम्बर सातले वडालाई उज्यालो वडा बनाउने अभियान थालेको छ । वडाका वडा अध्यक्ष नन्दकुमार गुरौँका अनुसार वडालाई उज्यालो वडा बनाउने अभियानका साथ सबै टोलमा पोल बत्ति जडान गर्ने बताउनुभयो ।
उहाँका अनुसार रातको समयमा हिडँडुल गर्दा सहजता मिलोस भन्ने उदेश्यसहित वडाका बिभिन्न बाटोहरुमा सडक लाईट जडान गर्न लागिएको हो । वडामा रहेका बिभिन्न बाटोहरुमा ५ लाखको लागतमा २सय ६५ वटा बत्ती जडान गर्न लागिएको वडा नं ७ का वडाअध्यक्ष नन्दकुमार गुरौँले जानकारी दिनुभयो ।
अहिले वडामा बत्ती जडानका निम्ति बिभिन्न टोल सुधार समितिहरु गठन गरिएको वडाअध्यक्ष गुरौँले बताउनुभयो । रातको समयमा गुड्ने बिभिन्न सवारी साधनका चालकसंगै,स्थानियहरुलाई उज्यालोको सहजताका निम्ति पोलहरुमा बत्ती जडानका गर्न लागिएको गुरौँले बताउनुभयो ।








