• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सौराहा फुड फेष्टिवल फागुन १ देखि

  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सौराहा फुड फेष्टिवल फागुन १ गते देखि ३ गते सम्म हुने भएको छ । कोभिड–१९ का कारण यस वर्षको फुड फेष्टिवल खुल्ला चौरमा नभई सडकमा गरिदैं छ । रेष्टुरेन्ट एण्ड वार एसोसिएशन (रेवान) सौराहाको आयोजनामा कार्यक्रम हुँदै छ ।

    संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले सौराहाको गैंडाचोक देखि हात्ती चोक सम्म सडकमा फेष्टिवल गर्न लागिएको वताउनुभयो । यो १५ औं फेष्टिवल हो । यस अघिका वर्षहरुमा सिसुवार खेल मैदानमा साँस्कृतिक कार्यक्रम सहित फुडफेष्टिवल हुने गर्दथ्यो । यस वर्ष भने दैनिक बिभिन्न जातीका झाँकी सहीत फुडफेष्टिवल गरिदैं छ । खतिवडाले थारु, मगर, चेपाङ, कुमाल, तामाङ लगाएतका जातजातीका झाँकी संगै पञ्चेबाजा, खैचडी प्रस्तुतीकरणका लागि गृहकार्य भईरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “साँझ ५ वजे पछि दैनिक ७ –८ वटा जातीका झाँकी प्रदर्शनका लागि गृहकार्य गरिरहेका छौ ।”कोरोना कहरका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै भिडभाड कम गरेर सौराहा खुलेको छ भन्ने सन्देश प्रबाह गर्ने गरि फेष्टिवल गरिने उहाँको भनाई छ ।

    फेष्टिवलमा नयाँ र स्वादीला खाना तयार गर्न अनुरोध गरिदैं छ । कोरोना सङ्क्रमण कम हुँदै गए पछि सौराहामा पर्यटकको चहलपहल वढेको छ । विदाका दिनमा होटलहरु आन्तरिक पर्यटकले आधाभन्दा वढि भरिने गरेका छन् भने अन्य दिनमा पनि पर्यटकको संख्या वढ्दो रहेको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।

    आन्तरिक रुपमा वजारीकरणमा सौराहाका व्यवसायी जुटेका छन् । उनीहरुले गत महिना पूर्बी नेपालमा घुमौं सौराहा अभियान लिएर पुगेका थिए । अभियानका संयोजक सुमन घिमिरेले फरक ढङ्गबाट नियमित प्रचार प्रसार गरेर सौराहाको व्यवसायलाई पूर्बबत अबस्थामा फर्काउन आँफुहरु लागि परेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “फुड फेष्टिवलले पनि सौराहाको पर्यटन प्रबर्धनमा टेवा पुग्छ ।” चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र बिभिन्न जातीका संस्कृति हेर्न आउने गर्दछन् । दुर्लभ एक सिंगे गैंडा, पाटेबाघ लगाएतका जनावार आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षणका केन्द्र वन्ने गर्दछन् ।

    सन २०२१मा ठूलो संख्यामा आन्तरिक पर्यटक भित्रने र सन २०२२ संगै आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य रुपमा वढ्ने व्यवसायीको अपेक्षा रहेको छ । निकुञ्जको मुख्य प्रबेशद्धार सौराहामा एक सय २० वटा होटल र एक सय हाराहारी रेष्टुरेन्ट रहेका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.