• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

मिस्टर एण्ड मिस थारुको तीन जिल्लामा अडिसन, १४ जना छनौट

  •   शनिबार, माघ २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन आज (शनिबार) तीन जिल्लामा सम्पन्न भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको पहिलो चरणमा आज (शनिबार) चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज र मोरङको विराटनगरमा अडिसन सम्पन्न भएको हो । चितवन अडिसनबाट ७ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा सोनु चौधरी, जस्मी चौधरी, जयराम खा चौधरी, अविनाश महतो, रविन चौधरी, निवेश चौधरी र पवित्रा कुमारी चौधरी रहेको वाइएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए ।

    चितवन अडिसनमा २० जना युवायुवती सहभागि थिए । निर्णायकको रुपमा मिस इन्टरनेशनल २०१६ वर्षा लेखी, मिस नेपाल अर्थ २०१६ रोश्नी खत्री, पत्रकार एवंम समाजसेवी कारी महतो, फोटोग्राफर एवंम फिल्म मेकर निरज महतो रहेका थिए । यस्तै शनिबार नै विराटनगरमा भएको अडिसनबाट ५ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा आशकुमार चौधरी, अस्मिता चौधरी, त्रिसिना चौधरी, सुजता चौधरी र बियक्स चौधरी रहेको जह इन्टरटेनमेन्टका इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए ।

    यस अडिसनमा निर्णायकको भूमिकामा मिस थारु २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरी, थारु कलाकेन्द्रका अध्यक्ष एवंम गायक देव कृष्ण विश्वास, कलाकार एवंम निर्देशक प्रदीप कुमार चौधरी र गायिका गीता चौधरी रहेकी थिइन् । यसैगरी शनिबार नै भएको नेपालगञ्ज अडिसनबाट २ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा सुस्मिता चौधरी र प्रेरणा चौधरी रहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए । यस अडिसनमा गायिका एवंम कलाकार श्रीदेवी थारु, कलाकार सुनिता दहित, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरी, पत्रकार प्रज्वल कुमार श्रेष्ठ र व्यवसायी शिवाङगीनी राना रहेका थिए ।

    यस प्रतियोगिताको दोस्रो चरणमा यही माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ । त्यसैगरि फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए ।

    अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए । पहिलो र दोस्रो संस्करणको सफलतापश्चात आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

     

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.