चितवन । सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । जनकौली मध्यवर्ती सामुदायिक वनको निर्वाचनको विषयलाई लिएर नेपाली काँग्रेस वडा नं ५ र ६ वडा समितिले तालाबन्दी गरेको हो ।
सामुदायिक वनको निर्वाचन नजिकीदै गर्दा टोलटोलबाट संकलन गरिने नामावलीको विषयमा असहमती जनाउदै काँग्रेसले मध्यवर्तीको कार्यालयमा तालाबन्दी गरेको हो । टोल टोलबाट संकलन गरिएको नामावलीमा मृगकुञ्जले थपघट गर्ने,राजनीतिक पूर्वाग्रही राखी नामावली केरमेट गर्ने,श्रीमान श्रीमतिको नाम राखेर दुई वटा घर भनी घरधुरी संख्या बढाउन खोजेको आरोप काँग्रेसले लगाएको छ ।
घरधुरी संकलनमा भएको धाधलीका विषयमा काँग्रेसले निकुञ्जलाई समेत ध्यानर्कषण गराएको छ ।








