• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला

  •   मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक अभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु. नौ करोड २५ लाख उधारोको बिल पेश भएपनि निर्माण भने रोकिएको छैन । रंगशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकम समेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रंगशाला निर्माण गरिरहेको धुर्मस सुन्तली फाउण्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु.४१ करोड ८८ लाख ४ हजार ९३६ खर्च भईसकेको छ ।

    जसमध्ये सोमबारसम्म प्राप्त बिल अनुसार रु.९ करोड २५ लाख भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उहाँको भनाई छ । उहाँका अनुसार माघ मसान्तसम्म रु. १० करोडभन्दा बढी उधारो हुनेछ । हालसम्म रंगशाला निर्माणका लागि रु.३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । जसमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाले रु.८ करोड, बागमती प्रदेश सरकारले रु.३ करोड सहयोग गरेका छन् ।

    महायज्ञमा बोलकबोल रु.६९ करोड ४५ लाख ५६ हजार भएकोमा जम्मा रु.नौ करोड ११ लाख ६५ हजार मात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिनुभयो । महायज्ञमा रु.१ करोडभन्दा बढी आठ वटा संस्थाले कबोल गरेका थिए । जसमध्ये बागमती प्रदेश सरकारले रु.३० करोड, भरतपुर महानगरपालिकाले रु.१६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले रु.२ करोड २२ लाख, वामदेव गौलीले रु.१ करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपि ग्याँस उद्योगले रु.१ करोड, गैंडाकोट नगरपालिकाले रु.१ करोड बराबरको काठ, नेपाल पोल्ट्री महासंघले रु.१ करोड र ग्लोबल आईएमई बैंकले रु.१ करोड बोलकबोल गरेका थिए ।

    जसमध्ये ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासंघले रु.३० लाख बाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिनुभयो । महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड १९ का कारण रकम उठ्न ढिलाई भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउनुहुन्छ । रकम उठाउनका लागि समितिका तर्फबाट टिकाराम लामिछानेलाई जिम्मेवारी दिईएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाईएको उहाँले जानकारी दिनुभयो ।

    बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी रहेको छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारिसम्मले रकम भुक्तानी गरेका छैनन् । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बजेटको अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौं ।”

    उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उहाँको भनाई छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उहाँको गुनासो छ । निर्माण सामग्री खरिद गर्ने एउटै फर्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताउनुभयो । महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उहाँको भनाई छ । उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउनुहुन्छ । रकम अभावकै कारण रंगशाला निर्माणमा खटिने कामदारको संख्या समेत घटाईएको छ । पहिले ३१३ जनासम्म कामदारले काम गर्दै आएकोमा पछिल्लो समय घटाएर १३५ जना मात्रैले काम गरिरहेका छन् ।

    रकम अभाव भएपनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिईएको छ । रंगशाला निर्माण सम्पन्न गर्न करिव रु. ३ अर्ब लाग्ने अनुमान गरिएको छ । हाल रंगशालाको मैदान र प्याराफिटकको काम भईरहेको छ । गत साउन १ गतेबाट संरचननाको काम शुरु गरिएको रंगशाला १ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो “महायज्ञको बोलकबोल र घोषित रकम प्राप्त भएमा लक्ष्य अनुसार काम हुने थियो ।”

    महायज्ञ बाहेक रंगशाला निर्माणका क्रममा विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गरेको रकम रु.४ करोड हाराहारी उठ्न बाँकी रहेको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रंगशाला निर्माणका लागि उपलब्ध गराईएको हो । भरतपुर महानगरपालिका वडा नं. १५ मा रंगशाला निर्माण भईरहेको छ । जग्गा दिलाउन र यहाँ रंगशाला निर्माणका लागि महानगरपालिकाले अगुवाई गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउण्डेशनले रंगशाला निर्माण थालेको हो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.