कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालको सरुवा भएको छ। अधिकृत लम्सालको माघ १८ गते देखि लागु हुने गरि सरुवा भएको हो। माघ १८ गतेदेखि अधिकृत लम्सालको जिल्ला समन्वय समिति चितवनमा सरुवा भएको हो। अधिकृत लम्सालको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आईनपुगेका कारण गाउँपालिका कामु प्रशासकिय अधिकृतको भरमा चलेको छ।
गत वर्ष असोजमा तनहुँको बन्दिपुर गाउँपालिकाबाट सरुवा भै आएका अधिकृत लम्सालले इच्छाकामनामा झण्डै १५–१६ महिना कार्यभार सम्हाले। अधिकृत लम्साल इच्छाकामना गाउँपालिकावासीले रुचाएको प्रमुख प्रशासकिय अधिकृतमा पर्छन्। उनकै पालमा गाउँपालिकामा रोकिएका धेरै कामहरु भएका थिए।
विवादका कारण लामो समय देखि रोकिएको वडा कार्यालय केन्द्र तोक्ने कार्य, गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयको भवन निर्माण लगायतका कामहरु उनकै पालामा भएका छन्। यस्तै गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नवलपुरको बुलिङटार गाउँपालिकामा कार्यरत टेक बहादुर गोदार आउने गाउँपालिकाले जानकारी दिएको छ।








