• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः मुनस्टोन विजयी

  •   मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन क्रिकेट संघको आयोजनामा आज (मंगलबार)देखि १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ सुरु भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेश ट्राफिक प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बलिङ र फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुमुर्स’ले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

    उद्घाटन कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढका प्रमुख एवंम समाजसेवी प्रेमकुमार श्रेष्ठले प्रायोजन बापतको नगद २ लाख रुपैयाँ संघका अध्यक्ष कैलाश प्रधान र उपाध्यक्ष सुदिप पियालाई हस्तान्तरण गरेका थिए । सो क्रममा बोल्दै फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले प्रतियोगिताको सफलताको कामना गरे । उनले क्रिकेट संघले निरन्तर सहयोग गर्दै आइरहेको भन्दै आगामि दिनमा यस्तै सहयोगको आवश्यकता रहेको बताए ।

    प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय खेलाडी योगेन्द्र सिंह कार्कीको अलराउण्डर प्रदर्शनमा मुनस्टोन क्रिकेट क्लव मंगलपुर विजयी भएको छ । समूह ‘ए’ अन्तरगतको खेलमा मुनस्टोन क्रिकेट क्लवले बेलचोक क्रिकेट क्लव भरतपुरलाई ९ विकेटले पराजित गरेको हो । बेलचोकले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको मुनस्टोनले १४.४ ओभरमा एक विकेटको क्षतिमा ९९ रन बनाउँदै जित हासिल गरेको हो । मुनस्टोनको जितमा राष्ट्रिय खेलाडी लोकेश बमले २० बलमा ४३, योगेन्द्र सिंह कार्कीले अविजित ३१ बलमा ३२ रन र आशिष ढुंगानाले अविजित ३७ बलमा १४ रन बनाए । बेलचोकका लागि सार्थक न्यौपानेले ३ ओभरमा एक मेडनसहित २२ रन खर्चिएर एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले व्याटिङ रोजेको बेलचोकले २९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रन जोड्न सफल भयो । उसका लागि गौतम केसीले २६ बलमा ३२ रन र रविन्द्रजंग शाहीले ३८ बलमा १३ रन मात्रै जोड्न सक्यो । अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बेलचोकको पारी धरासयी बनाउन योगेन्द्र सिंह कार्कीले ९.४ ओभरमा एक मेडनसहित २३ रन खर्चिएर ४ विकेट लिए । यस्तै कमल थापाले ६ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । अलराउण्डर उत्कृष्ट प्रदर्शन गरेका मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रतियोगिताका संयोजक उमेश पियाले नगद १५ हजार र ट्रफी प्रदान गरे ।

    प्रतियोगिता अन्तरगत भोलि (बुधबार) समूह ‘बी’ अन्तरगत भरतपुर क्रिकेट क्लव र आधूनिक ११ गीतानगरबीच प्रतिस्पर्धा हुने चितवन क्रिकेट संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए । एकदिवसीय (५० ओभर) विधामा सुरु भएको यस प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका कुल ६ टिमहरु चितवन क्रिकेट क्लव, भरतपुर क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लव भरतपुर, र आधूनिक ११ गीतानगरले प्रतिस्पर्धा गर्नेछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरि लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने छ ।

    समूह ‘ए’ मा चितवन क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर र बेलचोक क्रिकेट क्लव भरतपुर रहेको छ भने समूह ‘बी’ मा इस्र्टन क्रिकेट एकेडेमी टाँडी, आधूनिक ११ गीतानगर र भरतपुर क्रिकेट क्लव रहेका छन् ।
    प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।

     

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.