• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताः समूह चरणका खेल सकिए

  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनको भरतपुरमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७ अन्तर्गत महिलातर्फको प्रिक्वार्टर फाइनलका खेलहरु सकिएका छन् । प्रतियोगितामा बिहीबार वुमन सिङ्गल र गल्स सिङ्गल अण्डर १७ को पहिलो चरण र प्रिक्वार्टर चरणको खेल सकिएको प्रतियोगिताका मिडिया संयोजक दामोदर अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा महिला सिङ्गलतर्फका राष्ट्रिय खेलाडीहरु जेसिका गुरुङ, अनुमाया राई, रसिला महर्जन, अमिता गिरी क्वार्टरफाइनल प्रवेश गर्नुभएको छ ।

    प्रतियोगितामा राष्ट्रिय खेलाडी नाङ्शाल तामाङ एपीएफकी जेसिकासँग तथा एपीएफकी शोभा गौचन अनुमाया राईसँग पराजित हुनुभएको छ । त्यस्तै पुरुषतर्फ पहिलो चरणका सबै खेल सकिएका मिडिया संयोजक अर्यालले बताउनुभयो । प्रतियोगिताको मेन्स सिङ्गलमा विश्व वरियताका तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाल सहित अन्य राष्ट्रिय खेलाडीहरु रत्नजित तामाङ, प्रियन्सु सिंह क्षेत्री, विकास श्रेष्ठ, प्रफुल महर्जन, इरमान अनसारी, नवीन श्रेष्ठ, रुकेश महर्जन, दिपेस धामी प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

    बिहीबार समूह चरण र प्रिक्वार्टर फाइनलका ७१ वटा खेल भएका अर्यालले बताउनुभयो । भोलि शुक्रबार दिउँसो १ बजेटबाट वुमन्सतर्फको क्वार्टर फाइनलका खेल सुरु हुने उहाँले जानकारी दिनुभयो । भोलि प्रिक्वार्टर र क्वार्टर फाइनलका सबै खेलहरु सकाएर फागुन १ गते सेमीफाइनल र फाइलनका खेलहरु खेलाउनेगरी तयारी भइरहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

    ३०० भन्दा बढी खेलाडी सहभागी भएको प्रतियोगितामा मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले नगद रु एक लाख १५ हजारका दरले पुरस्कार पाउने मल्लले बताउनुभयो । विभिन्न आठ वटा विधामा प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको लागि नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रसहितको पुरस्कारको व्यवस्था गरिएको मल्लको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने भन्दै अध्यक्ष मल्लले प्रतियोगितामा नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने बताउनुभयो । भरतपुरको कबर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिता अवलोकनका लागि टिकट निःशुल्क गरिएको चितवन जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.