कुरिनटार । चितवनको इच्छाकामना ३ को कुरिनघाट र चुम्लिङटारमा ढोका फुटाएर चोर भित्र पसेर चोरी भएको छ। गएराती कुरिनघाट स्थित रेवती कंडेलको घरमा पसेको चोरले करिव ३५ लाख बराबरको गरगहना र नगद चोरि गरेको पिडितले बताएका छन।
त्यस्तै चुम्लिङटार स्थित श्रीरेन्द्र प्रकाश पोखरेलको घरमा ढोका फुटाएर भित्र पसेको चोरले एउटा स्टिलको दराज फुटाएपनि गरगहना नगद केही नराखेको दराज परेकाले केही चोरि नभएको उहाले बताउनु भएको छ। हिजो रातिनै चुम्लिङटारकै अर्को घर र वडा ३ कै नर्सिङटारमा पनि घरमा चोर पसेको र घर धनिले लखेटेको स्थानियले बताएका छन ।
पिडितले ठूलो क्षतिको दाबी गरेकाले अहिले स्थानिय प्रहरी चौकी बाट खटिएको प्रहरिको टोलिले घटनाको अनुसंधान गरि रहेको छ। चोरी बाट कति क्षती भएको अहिले एकिन गर्न नसकिने प्रहरिले जनाएको छ।








