नवलपुर । कोरोनाका कारण लामो समयसम्म सञ्चालन हुन नसकेको गृहिणी शिक्षा कार्तिकदेखि पुनः सञ्चालनमा आएको छ । बिश्व महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले जारीको लकडाउनका कारण उक्त शिक्षा सञ्चालनमा समेत प्रत्यक्षरुपमा असर परेको थियो ।
सरकारले असोज १ देखि लकडाउन अन्त्यसंगै स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय सञ्चालनका निम्ति अनुमति दिईएसंगै शिवमन्दिर सिकाई केन्द्रले पनि आवश्यक स्वास्थय सर्तकता अनुरुप गृहिणी शिक्षा कक्षा सञ्चालनमा ल्याएको हो । लामो समयको लकडाउनका कारण अध्यन गरिएको कुरा गृहिणीलाई लामो समयसम्म स्मरणका निम्ति सिकाई केन्द्रले घरघरमा पुगी आवश्यक गृहकार्य दिने र गृहकार्य चेकजाँच गर्दै आएको गृहिणी कक्षा ब्यवस्थापन समितिकी अध्यक्ष बिन्दु केसीले बताउनुभयो ।
महिलाहरु घरको चुलो चौकोमा मात्रै सीमित रहनु हुदैन् भन्ने धारण सहित महिलाहरुलाई अनौपचारिक शिक्षाको माध्यमबाटै शिक्षाको महत्व बुझाउनुपर्छ भन्ने उदेश्यसहित उक्त कक्षा ब्यवस्थापन गरिएको केसीको भनाई छ । सुरुवाती बर्षमा महिलाको संख्यादर निकै न्यून थियो । गृहिणी शिक्षा लिईसकेपछि शिक्षाको महत्वका साथै दैनिक कृयाकलापमा समेत सहजता प्रदान गर्ने भएपछि यस बर्ष महिलाहरुको संख्या बढ्दो रहेको छ । गृहिणी कक्षामा १६ देखि ६५ उमेर समुहका हाल ५५ जना महिलाहरु रहेका छन् ।
यस बर्षको शिक्षाका लागि आवश्यक किताब छपाईको काम भईरहेको र शिक्षण सिकाई कृयाकलापलाई प्रभावकारीका निम्ति अहिले २ जना शिक्षिका परिचालन गरिएको समेत अध्यक्ष केसीले बताउनुभयो । पछिल्लो शिक्षाका लागि बिद्यालयमा आउने गृहिणीको संख्यामा समेत वृद्धि भएको छ ।








