चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१७ गाँजीपुर बस्ने वर्ष २७ को धिरज लामा र भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ३० वर्षीय गोविन्द राउत रहेका छन् ।
लागुऔषध खैरोहिरोइन दुई ग्राम ८७० मिलिग्रामसहित लामालाई गत बुधबार र सोही लागुपदार्थ एक ग्राम ५७ मिलिग्रामसहित राउतलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका दु्ई जनालाई चितवन अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए छ ।








