चितवन । नेपाल तरुण दल चितवनको बैठक सम्पन्न भएको छ । आज ( सोमबार ) नेपाली कांग्रेस चितवनको कार्यालय कमलनगरमा बैठक बसेको थियो । तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
बैठकमा तरुण दलका तत्कालीन जिल्ला अध्यक्ष शिव पौडेलको हिरासतमा आक्रमण गरेका हत्यारालाई गरिएको आम माफीका बिषयमा छलफल गरिएको थियो । यहि फागुन ७ गते शिव पौडेलको हत्यामा संलग्न लाई गरिएको आम माफी न्यायोचित नरहेको भन्दै कांग्रेस केन्द्रीय समिति , प्रधानमन्त्री कार्यालय र राष्टपति कार्यालयमा ध्यानाकषण गराउने निर्णय गरेको तरुण दल जिल्ला सचिव प्रल्हाद उप्रेतीले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय समितिको आयोजनामा जिल्ला बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ। आन्दोलनका कार्यक्रम तय गर्नका लागि भोलि पून बैठक बस्ने जनाइएको छ ।








