चितवन । चितवन राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडा संगठन गठनमा तीब्रता दिईरहेको छ । सोहि अनुसार आज (सोमबार) भरतपुर महानगरपालिका वडा नं. २२ मा राप्रपा वडा कमिटी गठन भएको छ । जगन्नाथ उप्रेतीको अध्यक्षतामा ३१ जनाको कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा योग प्रसाद पराजुली, उपेन्द्र तिमिल्सना, कल्पना शाँखी, सचिवमा श्रीकान्त ढकाल, कोषाध्यक्षमा पोखनाथ वाग्ले, सह सचिवमा टेक प्रसाद ढकाल रहनुभएको छ ।
भातृ संगठनहरुमा महिला कमिटी अध्यक्षमा सम्झना ढकाल, उपाध्यक्षमा मिना वाग्ले, कोषाध्यक्षमा रेखा महतो रहनुभएको छ । दलित संगठन अध्यक्षमा सुमित्रा वि.क रहनुभएको छ । युवा संगठन अध्यक्षमा दिपक महतो, उपाध्यक्षमा नवराज गौतम, सचिवमा राजेन्द्र महतो, कोषाध्यक्षमा बलराम महतो रहनुभएको छ । बागमति प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गुरुङको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन भएको हो । नयाँ समितिलाई कार्यकालको शुभकामना दिदै दुई तिहाई मतले राप्रपालाई विजयी बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
साथै सांसद गुरुङ्गले कुर्सी संघर्षमा लागेकाको मिठाईमा नरुमलीन सबैलाई अनुरोध गर्नुभएको थियो । उहाँले भन्नुभयो, “ठुला भनिएका दलहरुले विगत देखि देश र जनतालाई मिठा भाषण गरि सपना देखाई बेबखुप बनाई रहेको छ । कुर्सी केन्द्रीत चिन्तले जनताको मस्तिष्कमा जाति, धर्म, संस्कृतिको कटुता भरिदिएको छ । ” यस्ता धोकेबाज प्रवृति प्रति जनता सचेत हुनुपर्ने उहाँको भनाई थियो ।
राप्रपा बागमति प्रदेश सदस्य तथा यूवा नेता ज्ञान जंङ्ग लामाले देशलाई राष्ट्रवादी योद्धाको आवश्यकता परेको बताउनुभएको छ । र, त्यो योद्धा राप्रपा नै रहेकोमा उहाँको जोड थियो । सदस्य लामाले आफ्नो र पार्टीको तर्फबाट गर्नुपर्ने हरेक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । राप्रपा चितवन अध्यक्ष रुद्र ढकालले राष्ट्रिय अखण्डताको लागि निश्पक्ष रुपमा काम गर्ने राजसंस्था नै राप्रपाको नीति र सिद्धान्त भएको बताउनुभएको छ ।
उहाँले एकताको सुत्रमा बाधिएको सबल राष्ट्र नेपालमा संघियता भित्रायर कार्यकर्ता पाल्ने काम भएको आरोप लगाउनुभएको छ । साथै संगठन विस्तारमा लागेको राप्रपामा नयाँ प्रवेशिहरुको पनि लर्को लागेको छ । विभिन्न पार्टी परित्याग गरि आज (सोमबार) २ दर्जन व्यक्तिहरु राप्रपा प्रवेश गरेका छन् ।
राप्रपा भरतपुर २२ का निर्वतमान वडाध्यक्ष बालकृष्ण उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा, पूर्व जिल्ला अध्यक्ष विष्णु वाग्ले, उपाध्यक्ष चेतनाथ वाग्ले, सचिव केशव राज भण्डारी, महिला जिल्ला अध्यक्ष गिता लम्साल, दलित संगठनका जिल्ला अध्यक्ष मिना विक, जिल्ला निर्वाचन सदस्य अमर पराजुली, क्षेत्र नं. ३ का अध्यक्ष मदन पौडेल, पार्टीका भरतपुर महानगर अध्यक्ष दिपक थापा मगर लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले नयाँ संगठित समिति र प्रवेशिलाई दोसल्ला र अविर लगाएर स्वागत गर्दै बधाई दिनुभएको थियो ।








