• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

जैविक विविधताको नास र प्राकृतिक स्रोतको अत्याधिक दोहन नै जलवायु परिवर्तनको प्रमुख कारकः नोना डेप्रेज

  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकामा स्थापना भएको आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीले स्थानीय साझेदारसँग सहकार्य गरी भरतपुर महानगर परिसरमा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो । नेपालका लागि युरोपियन युनियनकी राजदुत नोना डेप्रेजले केन्द्रको उद्घाटन गर्नु भएको हो । केन्द्रको उद्घाटन गर्दै नोनाले भरतपुर महानगरमा आपतकालिन कार्य सञ्चालन केन्द्रको स्थापना गरी जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्न पाउदा खुसी लागेको बताइन् ।

    जैविक विविधताको नास र प्राकृतिक स्रोतको अत्याधिक दोहन नै जलवायु परिवर्तनको प्रमुख कारक भएको र त्यसैको कारणले विभिन्न प्रकारका विपत्तिको सामना गर्न परेको उनको भनाइ छ । जलवायु परिवर्तनले खडेरी, बाढी र आगलागीको माध्यमबाट संसारको विनासलाई तीब्र पारेको नोनाको भनाइ थियो । प्रादेशिक र स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न युरोपियन युनियनले युएनडिपीमार्फत ३० मिलियन युरो अर्थात् ४ अर्ब ५० करोड अनुदान सहयोग गरेर यस कार्यक्रमको सबैभन्दा ठुलो दाता बनेको नोनाले बताइन् ।

    समुदाय र विपद ब्यवस्थापनमा सरोकार राख्ने निकायहरुको विपद ब्यवस्थापन क्षमता विकास गर्ने युरोपियन युनियनको उद्देश्य रहेको बताउदै उनले ईयुको विपद जोखिम न्यूनीकरणका योजनाहरुले नेपालमा बाढी पूर्वसूचना प्रणालीको स्थापना गर्न समुदायमा आधारित प्रकोप न्यूनीकरणको मोडल तयार गर्न, स्वास्थ्य मन्त्रालयमा आपतकालिन स्वास्थ्य प्रणाली स्थापना गर्न, दुर्गम क्षेत्रका विद्यालयहरुमा विपद न्यूनीकरण सम्बन्धी गतिविधि गर्न, भूकम्प प्रभावित क्षेत्रहरुमा अतिकमजोर परिवारहरुको भूकम्पीय प्रतिरोधात्मक घर पुनर्निर्माण गर्न र बाढी प्रभावित क्षेत्रमा विपद प्रतिकार्य प्रणालीलाई सुदृढ गर्न आफूहरुले योगदान गरेको नोनाको भनाइ छ ।

    यही अभियान अन्तर्गत सहरका लक्षित समूहहरुको पहिचान गर्न, विपद प्रतिकार्यका लागि स्वयंमसेवकहरुको गठन गर्न, प्राथमिक उपचार खोज तथा उद्धार गर्न, पानी सरसफाई र आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्न नगरपालिकालाई सहयोग पु¥याउने कार्यक्रम अन्तर्गत भरतपुर महानगरमा केन्द्रको स्थापना भएको उनको भनाइ छ । विपद जोखिम न्यूनीकरणका लागि युरोपियन युनियनले अहिलेसम्म नेपालमा प्रकोप जोखिम न्यूनीकरण परियोजनाहरुमा करिब ३० मिलियन युरो अर्थात ४ अर्ब २३ करोड बराबर रकम अनुदान सहयोग गरिसकेको उनले बताइन् ।

    विपदको जोखिममा रहेका मानिसहरुको जीवन यापनमा सहजता ल्याई विपदहरुको अझ राम्रोसँग सामना गर्ने क्षमता वृद्धि गरी नेपाली समुदायको उत्थानशील क्षमतालाई सुदृढ बनाउन युरोपियन युनियन प्रतिवद्ध रहेको उनले बताइन् । युएनडिपीका आवासीय प्रतिनिधि बर्नाडो कोकाले भरतपुर क्षेत्रको विपद ब्यवस्थापनबाट हुने क्षति घटाउन यो केन्द्रले ज्यादै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । यसलाई २४ घण्टा सञ्चालन गरेर धेरैभन्दा धेरै मानिसमा यसको पहुँच पु¥याई विपदबाट हुने धनजनको क्षति घटाउन सकिने बताए ।

    भरतपुर महानगरसँग काम गर्न पाउँदा खुसी लागेको उनले बताए । गृह मनत्रालय अन्तर्गतको विपद ब्यवस्थापन प्राधिकरणका उपसचिव नवराज जैसीले देशमा प्राकृतिक र गैरप्राकृतिक विपदबाट हजारौँले ज्यान गुमाउनु परेको बताए । अव्यवस्थित बसोबासका कारण आगलागी, डुबान, कटानको समस्या बढी भोग्नु परेको र अब यसको क्षति घटाउन युरोपियन युनियनले आफूहरुलाई साथ र सहयोग गरेको उनको भनाइ छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवन डुबान तथा आगलागीको उच्च जोखिममा रहेकाले विपदबाट हुने क्षति घटाउन जिल्लाका सबै संयन्त्रहरु पूर्वतयारीका साथ लागे यसबाट हुने क्षति धेरै कम गर्न सकिने बताए ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा ईयुको सहयोगमा स्थापना भएको केन्द्रले महानगरमात्रै नभई समग्र चितवनको विपद ब्यवस्थापनबाट हुने क्षति घटाउन निकै महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले जिल्ला तथा महानगरमा विपदबाट हुने क्षति घटाउन महानगर निरन्तर लागिरहेको र अब झन् आवश्यक पूर्वाधारसहित परिचालन हुँदा यसबाट हुने क्षति धेरै कम गर्न सकिने बताइन् । कार्यक्रममा महानगरलाई विपदबाट हुने क्षति नियन्त्रण गर्ने विभिन्न प्रकारका सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

     

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.