चितवन । रविन्द्र श्रेष्ठ एक्लैले दोहोरो ह्याट्रिक गरेपछि चितवन ‘रातो’ ले दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपमा जनकपुरलाई १०(१ ले पराजित गरेको छ । भरतपुर ७ कृष्णपुर स्थित खेल मैदानमा आज (मंगलबार) बाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवनले जनकपुरलाई १०(० को फराकिलो अन्तरले पराजित गरेको हो ।
सुरुवातदेखि नै जनकपुरलाई दबाबमा राखेको चितवन ुरातोु ले पहिलो हाफमा नै ४ गोल गरेको थियो । दोस्रो हाफमा चितवनले थप ६ गोल गरेपछि जनकपुर १०(० ले पराजित भएको हो । चितवनको जीतमा रविन्द्र श्रेष्ठ एक्लैले ७ गोल गरे । यस्तै हर्कराज गुरुङले ३ गोल गरे । श्रेष्ठले पहिलो हाफको पाचौँ र १३ औं मिनेटमा गोल गरे । पहिलो हाफकै तेस्रो र २१ औं मिनेटमा गुरुङले २ गोल गरे ।दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै श्रेष्ठले ह्याट्रिक पुरा गरे । दोस्रो हाफकै नवौं, १५ औं र १७ औं मिनेटमा गोल गर्दै उनले दोहोरो ह्याट्रिक पनि पुरा गरे ।
दोस्रो हाफको २५ औं मिनेटमा उनले व्यक्तिगत सातौं तथा टिमका लागि नवौं गोल गरे । खेलको अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै गुरुङले पनि ह्याट्रिक पुरा गरेपछि चितवन १०(० ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच चितवनका महेन्द्र खवास घोषित भए ।
यस्तै आजै सम्पन्न दोस्रो खेलमा कालभैरव भेटेरान क्लब हेटौंडा बिजयी भएको छ । हेटौंडाले अभिषेक चर्च नवलपुरलाई टाइ ब्रेकरमा ४(२ ले पराजित गरेको हो । निर्धारित समयमा दुबैतर्फबाट १(१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा हेटौंडाका सुरुवाती चारै खेलाडीले गोल गर्दा अभिषेक चर्चको तेस्रो र चौथो प्रहार गोलमा परिणत हुन सकेन ।
त्यसअघि खेलमा अग्रता भने अभिषेक चर्चले लिएको थियो । अभिषेक चर्चका शिवकुमार श्रेष्ठले खेलको पाचौँ मिनेटमा गोल गरेका थिए । तर उसको आग्रता पहिलो हाफसम्म पनि टिक्न सकेन । खेलको २० औं मिनेटमा अनिल आचार्यले गोल गर्दै हेटौंडालाई खेलमा फर्काए । प्रतियोगिता अन्तर्गत भोलि ९बुधबार० चार खेल हुँदैछ । भोलिको पहिलो खेलमा दिउँसो १ बजे नवलपुर भेटेरान र कैलाली भेटेरान, दोस्रो खेलमा २ः१५ मा चितवन भेटेरान ‘निलो’ र सिमरा भेटेरान, तेस्रो खेलमा ३ः३० बजे बुटवल भेटेरान र हेटौंडा भेटेरान तथा अन्तिम खेलमा ४ः१५ बजे भनिमण्डल भेटेरान ललितपुर र देहेरानदुन भेटेरान भारत भिड्नेछन् ।
यसअघि प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी थिईन् । प्रतियोगिताको उद्घाटन गर्दै मेयर दाहालले खेलकुदको माध्यमबाट चितवनको पर्यटन प्रवर्द्धन गर्न सकिने बताईन् । यस्तै उनले अबको एक वर्ष भित्र रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय खेल खेल्न योग्य हुने गरी तयार हुने पनि बताईन् । मेयर दाहालले प्रतियोगिता भइरहेको कृष्णपुर खेल मैदानमा आवश्यक पुर्वाधार निर्माणका लागि महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन् ।
चितवन भेटेरान क्लबले आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता १४ गतेसम्म चल्नेछ । १४ टोलीको सहभागीता रहेको प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यो नेपालको ईतिहासमा भेटेरान कपको सर्वाधिक धनराशी हो । पहिलो संस्करणमा बिजेतालाई १ लाख ११ हजार १११ तथा उपबिजेतालाई ५० हजार ५५५ रुपैयाँ पुरस्कार राशी थियो । यस वर्ष पुरस्कार राशी बढाइएको छ । यस्तै बिभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।








