• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

  •   बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि एवम् पत्रकार दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत प्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । वुधबार (१२ गते) पुरस्कार रकम राप्ती नगरपालिका २ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो । इन्सेकले यस वर्ष उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीलाई सम्मान एवम् सात हजार नगद सहित पुरस्कृत गरेको थियो ।

    मृतक राजकुमारको २ वर्षको छोरी एलिना चेपाङको शिक्षामा प्रयोग हुने गरी बालिकाको नाममा खोलिएको बैंक खातामा रकम जम्मा गरिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीमार्फत रकम हस्तान्तरण गरिएको हो । मानवअधिकारको क्षेत्रका सक्रिय भइ काम गरेवापत पाएको पुरस्कार मानवअधिकार उलंघन भइ पीडित बनेका परिवारका लागि उपलब्ध गराउनु सह्रानीय काम भएको जिसस प्रमुख डल्लाकोटीले बताए ।

    नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले सहयोग गरिएको रकमले प्रत्यक्ष रुपमा बालिकालाई उनको शिक्षा दिक्षामा फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए । प्रजातन्त्र दिवसको दिन हेटौंडामा आयोजित इन्सेक मानवअधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका मुख्य न्यायधीवक्ता ओमप्रसाद थपलियाले नगद ७ हजार प्रमाण पत्र सहित सम्मान एवम् पुरस्कृत गरेका थिए ।

    जिल्लाको मानवअधिकार गतिविधिमा सक्रिय सहभागिता जनाएको, मानवअधिकारको पक्षमा निरन्तर वकालत गरेको र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रतिनिधि अधिकारीलाई सम्मान गरिएको इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए । साउन १ गते चितवन निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका कर्मचारीको निर्घात कुटपीटबाट सख्त घाइते भएका २४ वर्षीय राजकुमारको साउन ७ गते उपचारका लागि भरतपुर लगिँदै गर्दा निधन भएको थियो ।

    यस घटनाका आरोपीत सेनाका हुद्दा तहका कर्मचारी चिरण वुढा जिल्ला अदालत चितवनको असोज २७ गतेको आदेशले पूर्पक्षका लागि थुनामा छन् । यस घटनामा अन्य ६ जनामाथि पनि कुटपीट भएको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.