काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । गुरुङ, प्रचण्ड–माधव समूहमा हुनुहुन्थ्यो । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए ।
सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् । नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएका थिए भने पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका थिए ।








