चितवन । विश्वकै नम्बर १ तीन पाङ्ग्रे उत्पादक कम्पनी बजाजको नयाँ बजाज ‘रे बिएस ६ को लन्च’ भएको छ। बिहिबार चितवनको अनुसी अटो टेड्रसले ‘तिन प्रांग्रे अटो ‘बजाज रे बिएस ६’ बजारमा बिक्रीमा लाएको हो।
२ सय ३६ सिसी को उक्त अटोले ३० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ। नयाँ लन्च गरिएको अटोको इन्जिनले उच्चतम पावर र तान शक्ति दिनुका साथै माइलेज पनि ज्यादा प्रदान गर्ने अनुसी अटो टेड्रसका संचालक होमनाथ पौडेलले दाबी गरे।नयाँ मोडेलको अटो लन्च गरेसँगै ग्राहक वर्गमा थप हौसला पुगेको उनले बताए ।
अरू अटोको भन्दा सुरक्षित यात्रा हुने गरी प्यासेन्सजरहरुका लागि सुविधा थप गरिएको छ। बजाज तीन प्राङ्ग्रे अटो बजाज बिएस ६ को मूल्य ५ लाख ६४ हजार ९ सय तोकिएको छ।








