चितवन। लेखक दुर्गादत्त पौडेलको पहिलो पुस्तक मैले बुझेको भागवतको छलफल भएको छ । आज नेपाल पत्रकार महासघ चितवन शाखामा परिचयात्कम कार्यक्रम गरि पुस्तकको समिक्षा सहित छलफल गरिएको हो । आध्यात्मिक ज्ञानलाई प्रोत्साहन गर्ने गरि पुस्तक लेखन गरिएको लेखक पौडेलले बताउनुभयो । साधना गरेको २९ दिनमा पुस्तक तयार गरिएको थियो ।
पुस्तक गुल्मी र पाल्पाको संगमस्थल रुरु क्षेत्र साधना गरिएको थियो । ६२ बर्षको उमेरमा आफुले पहिलो रचना प्रकाशित गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानमा आधारित “अनिर्णयको बन्दी” प्रकाशित हुने क्रममा छ । २०१ पृष्ठ लामो पुस्तक बिक्री बितरण गर्ने उदेश्य नभइ पुस्तकालयमा खुल्ला अध्ययनको लागि तयार गरिएको उहाँको भनाई छ । पुस्तक १ हजार प्रती छपाइएको थियो ।








