कुरिनटार । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–नौबिसे सडक खण्डको चितवन इच्छाकामना ३ फिस्लिङमा ट्रक दुर्घटना हुदाँ राजमार्ग अवरुद्ध भएको छ। आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौ तर्फ जाँदै गरेको ना ८ ख १५०९ नम्बरको ट्रक सडकमा पल्टिदाँ राजमार्ग अवरुद्ध भएको हो।
अहिले उक्त ट्रकलाई क्रेनको सहायता मार्फत सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुघटनामा मानवीय क्षती भने भएको छैन।








