• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भूमिहिन तथा सुकुम्वासीहरुलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु

  •   आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लामा रहेका पालिकाहरुले भूमिहिन तथा सुकुम्वासीहरुलाई जग्गा धनी पुर्जा उपलब्ध गराउने गरि प्रकृया अघि वढाएका छन् । ३७ हजार भन्दा वढीलाई जग्गाधनी पुर्जा दिनेगरी काम अघि वढेको हो । सातवटै पालिकाले आफ्नो स्थानिय निकाय भित्र रहेका भूमिहिन तथा सकुम्वासीहरुको लागत संकलन गर्ने काम शुरु गरेका छन् ।

    वडा तहबाटैनै काम सुरु भएको छ । भरतपुर महानगरपालिकाले अहिले भूमिहिनहरुको लगत लिने काम गरिरहेको छ । महानगरपाकिलामा १५ हजार ७ सय भूमिहिन तथा सुकुम्वासीहरु रहेका छन् । महानगरकी प्रमुख रेनु दाहाल भूमिहिनहरुलाई जग्गा धनिपुर्जा वितरणको प्रकृया शुरु भैसकेको बताउनुहुन्छ । प्रमुख राजनैतिक दलहरुसंग समन्वय गरेर नगर स्तरिय र वडा स्तरिय सहजी करण समिति बनाएर महानगरपालिकाले काम अघि वढाएको उहाँको भनाई छ ।

    महानगरले १५ जना कर्मचारी नियुक्त गरेर काम अघि वढाएको हो । रत्ननगर नगरपालिकामा भूमिहिन तथा सुकुम्वासी लगत संकलन समितिका संयोजक अर्जुन पंगेनी ६ महिना भित्रै भूमिहिनहरुलाई पुर्जा दिने गरि काम शुरु भएको बताउनुहुन्छ । उहाँले वडावाट प्रमाणित गराएर नाप नक्सा निकाल्ने काम गरिरहेको बताउनुभयो ।

    रत्ननगरमा भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित वसोवास गर्ने परिवारको सख्या दुई हजार चार सय पचास रहेको नगरपलिकाले जनाएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडावडामा पुगेर लगत लिइ रहेको बताउनुभयो । सुकुमबासीको निवेदनका आधारमा फाराम भर्ने काम भै रहेको उहाँले जानकारी दिनुभयो ।

    भूमिहीन सुकुमबासीलाई ६ कट्ठासम्म जग्गा निःशुल्क र अव्यवस्थित बसोवासीहरुले निश्चित शुल्क तिरेर एक बिघा ९ कट्ठासम्म जग्गा पाउने व्यवस्था माडी नगरपालिकाले शुरु गरेको पनि उहाँले जनाउनुभयो । माडिको बाँदरझुलामा मात्रै झन्डै ७०० सुकुमबासी छन् । ३० वर्ष देखि सुकुमबासीका रुपमा बस्दै आएका यिनीहरुको समस्या समाधान सवै भन्दा जटिल रहेको उहाँको भनाई छ । यस नगरपालिकामा ४ हजार सुकुम्बासी रहेको ढकालले जानकारी दिनुभयो ।

    कालिका नगरपालिकामा ४ हजार २३२ परिवार, राप्ती नगरपालिकामा ६ हजार परिवार, र इच्छाकामना गाउँपालिकामा ४ हजार ५सय भूमिहिन तथा सुकुम्वासीहरु रहेका छन् । यस्तै खैरहानी नगर पालिकामा २ हजार ५ सय भूमिहिन तथा सकुम्वासी रहेका सम्वन्धित नगरपालिकाले जनाएको छ । सबै स्थानिय तहले पनि अहिले भूमिहिन समस्या समाधानमा प्रकृया शुरु गरि सकेको जनाएका छन् ।

    इच्छाकामना गाउँपालिकाकी प्रमुख गिता गुरुङले भूमिहिन तथा सुकुम्वासीहरुको लगत लिई प्रमाणित गरी भुमिहिन सुकुम्वासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको बताउनुभयो ।रासस

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.