काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो/इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
ट्युमरमा क्यानसर भएको आशङ्कामा थप चेकजाँचको लागि भारतको नयाँ दिल्ली पुगेका भट्टराईको बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको चिकित्सक टोलीले पुष्टि गरेको हो ।
उक्त ट्युमरलाई भने दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित थिए । भट्टराई मंगलबार नेपाल वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कने छन्।








