• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हेर्दाहेर्दै दोभान बजार खरानी

  •   बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी कराए, ‘आगो लाग्यो…आगो लाग्यो… ।’

    सदरमुकाम फुङलिङदेखि १७ किमि पश्चिमको यो बजारमा उनी कराएसँगै आसपास पसलका ५/७ जना भेला हुँदा आगोले ठूलै रूप लिइसकेको थियो । बिहान ट्युसन पठाएका छोरा र छोरी मेवाखोलाको पुल तरेर पारिबाट फर्कंदै थिए । सविन उनीहरूलाई सुरक्षित ठाउँमा पुर्‍याउन दौडिए । अरू अभिभावक पनि आफ्ना नानीहरूलाई आगोबाट जोगाउनतिर लागे । आगो देख्नु र बच्चाहरूलाई जोगाउन दौडनुको अन्तर ५/७ मिनेटको हुँदो हो । छोराछोरीलाई मेवाखोलापारि पुर्‍याएर फर्कंदा सविनकै एउटा पसलसमेत जल्न थालिसकेको थियो ।

    दुईवटा पसल गर्ने उनी श्रीमतीले रुँगेको पसलतर्फ हानिए र त्यसलाई जोगाउने प्रयासमा लागे । त्यतिबेला बजारभरि हल्लाखल्ला भइसकेको थियो । सबै आफ्ना नानी र पसल जोगाउने प्रयासमा लागे । बजारका सबै मान्छेले थाहा पाएको १०/१५ मिनेटमै १५ वटाभन्दा बढी घरलाई आगोले टिपिसकेको थियो । नियन्त्रण चुनौतीपूर्ण बन्दै गयो ।

    प्रत्येक वर्ष पुस १ देखि ५ सम्म लाग्ने पुसे मेला र अरू बेला पनि व्यापार गर्ने उद्देश्यले बनाउन थालिएका बजारका अधिकांश घर ढुंगा, माटो, काठ र टिनका थिए । बजारमा गाडी नचल्ने भएकाले बीचमा सानो बाटो छ । दायाँ–बायाँ जोडिएका प्रत्येक घरमा पसल थिए, ती सबै जलेर खरानी भए । बजारको माथिपट्टि भने मोटर बाटो छ ।

    सदरमुकाम फुङलिङबाट मेरिङदेन, मिक्वाखोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा यही बाटो भएर यातायातका साधन चल्छन् । तेह्रथुमको वसन्तपुर हुँदै धनकुटा, धरान पनि यही सडकले जोडेको छ । तमोर नदी तर्ने एकमात्र पुलसमेत छेउमै भएकाले यी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र यही बजार थियो । सविनले दुखेसो पोखे, ‘अस्तिको दिनमात्र ६५ लाखको सामान हालेको थिएँ, सबै जलेर खरानी भयो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.