भरतपुर । वेपत्ता भएका भरतपुर–२१ रतनपुरका जीतबहादुर तामाङ मृत फेला परेका छन् । रतनपुरदेखि करिब २ किमि टाढा रहेको भरतपुर–२० को चन्द्रनगरको घोलमा बुधबार विहान ८ः३० बजे मृत फेला परेका हुन् ।
तामाङ फागुन १८ गते राती घोलमा खसेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उनी घोलमा साइकल सहित लडेको अवस्थामा फेला परेका थिए । धेरै वर्ष वैदेशिक रोजगारीमा रहेका तामाङ केही वर्षदेखि नेपालमै रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले भरतपुर अस्पतालमा शवको पोष्टमार्टम गरिएको जानकारी दिनुभयो ।








