नवलपुर । नवलपुर जिल्लामा चैते धान उत्पादनको उचित सम्भावना रहेकाले यतिबेला यहाँका किसानहरुलाई धान रोपाईका लागि भ्याईनभ्याई छ । चैते महिनामा यस धान रोप्ने भएपनि पानीको उपलब्धता हुने केही स्थानहरुमा रोपाई कार्य सकिएको छ । भने कतै कृषकहरु रोपाईको प्रकृयामा छन् । नवलपुर जिल्लाको गैडाकोट ११ भेडाबारी र कावासोती नगरको दक्षिणी क्षेत्रमा चैते धानको उत्पादन को पकेट क्षेत्रका रुपमा लिईन्छ ।
यहाँ तालहरुको पानी उपलब्ध हुनेभएपछि बिशेषतः यस क्षेत्रमा चैते धान लगाईन्छ । कृषी ज्ञान केन्द« नवलपुरका अनुसार गतबर्ष नवलपुर जिल्लमा अठासी ८८ दश १० हेक्टर जमिनमा चैते धान लागाईएको जनाएको छ । चैते धान उत्पादनका लागि गैडाकोट ११ भेडाबारी लाई धान उत्पादनको ब्लकका रुपमा सञ्चालन गरेपछि यसक्षेत्रमा अधिकत्तम रोपाईँ कार्य सकिएको कृषी ज्ञान केन्द« नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।
कुनै स्थानमा रोपाई कार्य सकिएको र कतै बिऊ हुर्किदै, गरेकाले अहिलेसम्म जिल्लामा ५५प्रतिशत रोपाई कार्य सकिएको प्रमुख लामिछानेले बताए । सबै ठाँउमा रोपाई कार्य सकिए पश्चात यस बर्षकति जमिनमा चैते धान लगाईयो भन्नेबारे एकिन तथ्याङ पहिचान हुने प्रमुख लामिछानेले बताएका छन । नवलपुरको कावासोती दक्षिणी क्षेत्रमा कतै बिऊ हुर्किदै गरेको त कतै रोपाँई कार्य चलिरहेको हुदाँ कति जमिनमा चैते धान लगाएको छ भनि निश्चित नभएको बताए । जिल्लामै कृषी ज्ञान केन्द« खुलेसंगै यहाँका कृषकहरु कार्यालयमा आएर प्रत्यक्ष सल्लाह सुझाव समेत लिने गरेका छन् ।








