चितवन । चितवनमा नै पहिलो पटक युनाइटेड टेक्निकल कलेज (युटेक) मा इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन भएको छ। नेपाल सहित ४ देशका इन्जिनियरिङ्ग र प्रविधि व्यवस्थापनका विज्ञको सहभागितामा सम्मेलन गरिएको हो । सम्मेलनका १५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
४ जना कि नोट स्पिकर सहभागी सम्मेलनका इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापनको अनुसन्धानात्मक विषयबस्तुको हस्तान्तरण गरिएको थियो । नेपाल, इरान, मलेसिया र बेलायतका विज्ञ सम्मेलनमा सहभागी रहेको युटेकका प्राध्यानाध्यापक प्राध्यापक डाक्टर केशव अवस्थीले बताउनुभयो । उहाँका अनुसार सम्मेलनले शैक्षिक उन्नयनका लागि योगदान दिने बताए ।
समाजमा भइरहेको समस्या र सोको समस्याको लागि इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापनको माध्यमको उपयोग गर्न सकिने बारे सम्मेलनमा छलफल भएको थियो । कार्यक्रममा पोखरा युनिभरसिटीका भिसी डा. प्रेम नारायण अर्यालले सम्मेलनले विभिन्न शैक्षिक कार्यमा संलग्न विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता युनाइटेड टेक्निकल कलेज ९युटेक०का प्रबन्धक वावुराम उपाध्यायले गर्नुभएको थियो । । प्रविधि व्यवस्थापन सुलभ अधिकारीले गनुभएको थियो








