चितवन । जथाभाबी सवारी साधनमा सिट संख्या भन्दा धेरै यात्रुहरु राखेर सवारी चलाउने सवारि साधनहरुलाई कारबाही गरिएको छ । चितवनको चौबीसकोठिमा बिहिवार गरिएको चेकजाचमा झन्डै ४० वटा भन्दा धेरै सवारिहरु कारवाहीमा परेका छन ।
कारबाहिमा परेका सवारी साधनहरुबाट सिट संख्या भन्दा धेरै यात्रुहरु राख्न प्रयोग गरिने, नियम विपरितका झन्डै ६० वटा भन्दा धेरै सिट तथा मुढाहरु बरामद गरिएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
तोकिएको सिट क्षमता भन्दा धेरै सिट तथा मुढाहरुको प्रयोग गरेर यात्रुहरु चढाउदा दुर्घटनाको जोखिम बढी हुने र असुरक्षित हुने भन्दै त्यस्ता कार्य गर्ने सवारीहरुलाई कारबाही गरिएको उहाले जानकारी दिनुभयो । कारिबाहिमा परेका सवारीहरुबाट जरिवाना समेत असुल गरिएको र आगामी दिनहरुमा यस्ता कार्यहरु नगर्न सचेत समेत गराईएको भट्टले जानकारी दिनुभयो ।
चितवनमा दुर्घटनाका घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक कार्यालय चितवनले विभिन्न समयमा यस्ता सवारी चेक जाच र सचेतना कार्यक्रम गर्दै आएको छ ।








