चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले कारागारमा बन्दी जीवन विताइरहेका दाजुलाई भेटघाट गर्नुभएको छ । आज कारागार कार्यालय चितवनमा रहनु भएका दाजु चन्द्र वहादु चन्दलाई भेटघाट गर्नुभएको हो । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार उहाले दाईलाई करिब आधा घन्टा भेट गर्नुभएको हो ।
भेटघाटका क्रममा उहाँले दाईलाई प्रकृया मिले संगै केहि दिनमा नै छुट्ने बताउनुभएको छ। काफ्लेका अनुसार चन्दले कारागारमा भएको सुविधाका वारेमा जानाकारी लिँदै नआत्तिन आग्रह गर्नुभएको छ। राजनैतिक मुद्दा भएकाले सरकारले तदारूपता देखाउने चन्दले विश्वास लिएको काफ्लेले वताउनुभयो । चन्द्र वहादुर गत असोज देखि कारागार कार्यालय चितवनमा वन्दी जीवन बिताइरहेका छन्।








