हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा पुनः माधव पोख्रेल चयन भएका छन् । शनिबार सम्पन्न भएको साधारणसभाले पोखरेललाई पुनः दोश्रो कार्यकालको लागी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधरणसभाबाट पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद दहाल, महासचिवमा हेमन्त ढुङ्गेल, सचिवमा मन्जु श्री खराल र कोषाध्यक्षमा दिनेश शर्मा चयन भएका छन् । यस्तै सदस्यमा छवि अनित्य, देवेन्द्र कलवार, किशन पौडेल र गोपिनी गौतम चयन भएका छन् । समाजले शुक्रबार र शनिबार दुईदिनसम्म आयोजना गरेको विशेष कार्यक्रम तथा साधरण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ ।








